२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सर्वोच्च शिखरको साखमा ह्रास, अन्तर्राष्ट्रिय सञ्चार माध्यममा गम्भीर बहस

सर्वोच्च शिखरको साखमा ह्रास, अन्तर्राष्ट्रिय सञ्चार माध्यममा गम्भीर बहस

1.4K
Shares

यस वर्ष विश्वकै सर्वाेच्च शिखर सगरमाथा आरोहीको संख्या बढेसँगै मृतक पनि बढेका छ । सन् २०१९ मा नौ आरोहीको मृत्यु भएको पर्यटन विभागले जनाएको छ । यस वर्ष भारतका चार, अमेरिकाका दुई, बेलायतका एक, आयरल्यान्डका एक र एक नेपाली आरोहीको मृत्यु भएको छ । यस सिजनमा तीन सय ८१ जनाले सगरमाथा आरोहण गरेका छन् ।
सगरमाथामा ट्राफिक जामका कारण बढीले ज्यान गुमाउनुपरेको चर्चाबीच आरोहीको संख्या तोक्ने कि नतोक्ने भन्ने विषयमा बहससमेत सुरु भएको छ । कतिपयले सगरमाथा आरोहणलाई सस्तो बन्न दिन नहुने र यसका लागि निश्चित मापदण्ड तय गरिनुपर्ने माग पनि गरेका छन् ।
तर, सरकार र शेर्पाहरू भने आरोहीको संख्या बढी भएकैले मृतकको संख्या बढेको अस्वीकार गर्छन् । अनुभवी गाइड र शेर्पा नलगेकाले आरोहीको मृत्यु भएको जानकारहरू बताउँछन् । यस वर्ष तीन सय ८१ जनाले पर्यटन विभागबाट आरोहणको अनुमति लिएका थिए ।
उनीहरूको शेर्पा र गाइडसमेत ६ सय ३१ जना सगरमाथा आरोहणमा गएका थिए । आरोहीको संख्या अघिल्ला वर्षमा भन्दा बढी भए पनि अत्यधिक होइन । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा दिवाकर पन्तले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij