२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पहिलो पटक त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण

पहिलो पटक त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण

1000
Shares

काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको छ। त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन एवम् प्राध्यापाक रमेशसिंह भण्डारीको टिमले शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो।
शुक्रबार बिहान ८ बजे सुरू गरिएको प्रत्यारोपण १६ घण्टापछि शनिबार बिहान १२ बजे सकिएको थियो। प्रत्यारोपणका लागि ५८ वर्षीय बुवालाई ३३ वर्षीय छोरीले कलेजो दिएकी हुन्।
शल्यक्रियामा डाक्टर नर्स र स्वास्थ्यकर्मीसहितको ५० जनाको टोली र सर्जरीमा डा. भण्डरीको नेतृत्वमा १२ जना सहभागी थिए। यसअघि भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भएको भए पनि शिक्षण अस्पतालमा पहिलो पटक भएको हो। भक्तपुरमा कलेजो प्रत्यारोपणले निरन्तरता पाएको छैन।
कलेजो प्रत्यारोपणका लागि भारतको एपोलो अस्पतालको टोली पनि आएको थियो। स्वास्थ्य परीक्षणपछि चिकित्सकले कलेजो दिन मिल्ने ठहर्‍याएमा प्रत्यारोपणको लागि कलेजो दिन सकिन्छ। यसो गरेमा कलेजो दिने व्यक्तिलाई कुनै असर नगर्ने चिकित्सकको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij