२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

मोरङमा बजाजको नयाँ शोरुम

मोरङमा बजाजको नयाँ शोरुम

1.6K
Shares

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले मोरङको बिराटचोकमा पूर्ण सुविधा सहितको नयाँ शोरुम संचालनमा ल्याएको छ ।
मोरङका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले एचएच बजाजले आफ्नो सञ्जाल बढाउँदै बिराटचोकमा नयाँ शोरुम ‘मनकामना अटोमोबाईलस्’ संचालन गरेको हो ।
नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस्, सेल्स्, सेवा तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट एचएच बजाजले देशभर आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । एचएच बजाजले देशभरका ग्राहकहरुलाई थप सुविधा सहित गुणस्तरीय तथा छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।
नयाँ शोरुम शुभारम्भ गर्दै एचएच बजाजका जेनेरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी मोरङको बिराटचोकमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा अत्यन्तै खुसी छौं । ग्राहकहरुको बढ्दो मागकै कारण हामीलाई बिराटचोकमा नयाँ शोरुम संचालन गर्न उत्साहित बनाएको हो । यो विस्तारसँगै मोरङका ग्राहकहरु विभिन्न माध्यमबाट लाभान्वित हुनेछन् ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij