२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गाउँ काकाकुलः तर, सांसद विकास कोषको ४० लाख अतिथिगृह निर्माणमा

गाउँ काकाकुलः तर, सांसद विकास कोषको ४० लाख अतिथिगृह निर्माणमा

1.5K
Shares

सिन्धुलीको हरिहरपुरगढीमा पानीको हाहाकार छ । तीन घन्टा हिँडेर हात्तीसार खोल्सीबाट पानी ल्याएर जोहो गर्छन्, स्थानीयवासी । खोल्सीसम्म धाउन नसक्नेहरु प्रतिगाग्री सय रुपैयाँमा पानी किनेर गुजार चलाउँछन् ।
तर, काकाकुल हरिहरपुरगढीलाई प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्र नं २ का सांसद हरिबोल गजुरेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४० लाख बजेट त्यही गाउँमा अतिथिगृह निर्माणमा खन्याएका छन् ।
खानेपानी आयोजना उनको प्राथमिकतामै परेन । त्यही अतिथिगृह निर्माणमा पनि प्रतिगाग्री सय रुपैयाँ दरले किनेको पानी प्रयोग भइरहेको छ । स्कुले विद्यार्थीले बिदाका दिन बोेकेको पानी किनेर ठेकेदारले भवन बनाइरहेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij