२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौँमा धुलोभन्दा धुवाँको समस्या गम्भीर

काठमाडौँमा धुलोभन्दा धुवाँको समस्या गम्भीर

1.4K
Shares

काठमाडौँका सडकमा कुद्ने ६० प्रतिशतभन्दा बढी सवारी साधन वातावरणीय प्रदूषण नियन्त्रण मापदण्ड पूरा गरेका छैनन् । सुन्दा अचम्म लाग्न सक्छ तर यो यथार्थ हो ।
ट्राफिक प्रहरी महाशाखाले जेठ दोस्रो साता सार्वजनिक गरेको एक प्रतिवेदनमा दुई महिनाको अवधिमा दैनिक ५० देखि ६० सवारीसाधनलाई सडकमा परीक्षण गर्दा सो तथ्य फेला परेको होे ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार सार्वजनिक गरेको बजेट वक्तव्यमा काठमाडौँ उपत्यकालाई धुलोमुक्त बनाउन पैदल मार्गलाई व्यवस्थित गरिने, निर्माण सामग्रीको ढुवानी गर्दा सुरक्षित विधि अपनाइने, विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरिने तथा काठमाडौँ उपत्यकाभित्र सडक निर्माण गर्दा अनिवार्य रुपमा फुटपाथ निर्माण गर्ने व्यवस्था मिलाइने कुरामा जोड दिएका छन् ।
वातावरणविद् भुषण तुलाधरका शब्दमा धुलोको समस्या अल्पकालीन हो तर सवारी साधनले गर्ने प्रदूषण दीर्घकालीन हो । उनी धुलो भन्दा सवारी प्रदूषणलाई विशेष प्राथमिकता दिनुपर्ने बताउँछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा ईश्वरचन्द्र झाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij