काठमाडौं – अबदेखि विद्युतीय माध्यम मार्फत भ्याट बिल भुक्तानी गर्दा १० प्रतिशत रकम छुट पाइने पाएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटसँगै ल्याएको आर्थिक विधेयकमा विद्युतीय प्रणाली मार्फत हुने भुक्तानीमा कर रकमको १० प्रतिशत रकम फिर्ता हुने उल्लेख गरेका छन् ।
कुनैपनि उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिद मूल्य बमोजिम विद्युतीय माध्यमबाट भुक्तान गरेमा नगद प्रोत्साहन दिइने विद्येयकमा जनाइएको छ ।
यसरी भुक्तानी गरेको रकमको १० प्रतिशत रकम कर कार्यालयले तोके बमोजिम फिर्ता गरिने विधेयकमा उल्लेख गरिएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij