काठमाडौं – सरकारले आगामी २०७६/७७ वर्षको बजेट सार्वजनिक गरेको छ। बुधबार संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले आव २०७६/७७ वर्षको बजेट सार्वजनिक गरेका हुन्।
आर्थिक वर्ष २०७६/७७ का लागि खतिवडाले १५ खर्ब ३२ अर्बको बजेट पेस गरेका छन्। अर्थमन्त्री खतिवडाले आगामी वर्षका लागि चालूतर्फ ९ खर्ब ५७ अर्ब, पूँजीगतर्फ ४ खर्ब ८ अर्ब तथा वित्तीयतर्फ १ खर्ब ६७ अर्बसहित १५ खर्ब ३२ अर्बको बजेट विनियोजन गरिएको बताए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij