काठमाडौँ–लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि बुधबार विज्ञापन निकालेको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गर्न थालेको हो ।
सरकारले स्थानीय तहको पदपूर्ति गरेपछि क्रमशः सङ्घ र प्रदेशमा कर्मचारी भर्ना गर्ने तयारी गरेको छ । कर्मचारी समायोजन भए पनि अझै १६ हजार २६२ कर्मचारी स्थानीय तहमा अपुग छन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij