२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जहाँबाट शान्तिको बिगुल बज्यो

जहाँबाट शान्तिको बिगुल बज्यो

1.2K
Shares

सशस्त्र द्वन्द्वको उत्तरार्धताका चर्चामा आएको थियो, पूर्वी रूकुमको चुनबाङ। तत्कालीन माओवादीले यहीं गाउँमा भएको बैठकबाट सशस्त्र द्वन्द्व छाडी शान्तिपूर्ण राजनीतिमा अवतरण गर्ने निर्णय गरेको थिया । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि संसद्वादी दलहरूसँग सहकार्य गर्न माओवादी यहींबाट अग्रसर भएको थियो । त्यसको दशक नाघ्दै गर्दा यो ठाउँ ओझेलमा परेको छ । यहाँ युद्ध संग्रहालय बनाइए पनि सरोकारवालाले यसको संरक्षणमा त्यति चासो दिएका छैनन् । माओवादीका तत्कालीन अध्यक्ष पुष्पकमल दाहालले आफू बसेको घर र बैठक स्थललाई २०७३ पुस ९ मा युद्ध संग्रहालयका रूपमा उद्घाटन गरेका थिए । संग्रहालयमा ऐतिहासिक दस्तावेज, युद्ध सामग्री, सहिदका स्तम्भलगायत संरचना बनाउने योजना अधुरै छ । नेकपाले यसको विकासमा ध्यान नदिने हो कि भन्ने स्थानीयको चिन्ता छ । ‘बैठकताका यहीं घरमा प्रचण्ड (पुष्पकमल दाहाल) बसेका थिए’, स्थानीय ६८ वर्षीय यज्ञ वलीले घर देखाउँदै भने। यही घरमा नमुना हतियार राखिएको छ । बैठक बसेको एकतले फुसको छानो भएको घरलाई संरक्षण गर्न टिनको टहरो हालिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खेमबहादुर बुढाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij