२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एयरहोस्टेजको जागिर लगाइदिन्छु भन्दै छ लाख ठग्ने पक्राउ

एयरहोस्टेजको जागिर लगाइदिन्छु भन्दै छ लाख ठग्ने पक्राउ

1.5K
Shares

काठमाडौं–एयरहोस्टेजको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङ घर भएका २६ वर्षीय भरत खड्का रहेका छन्।
उनले गल्फुटार बस्ने कृपा लिम्बू, उर्मिला चौधरी र गोमा विश्‍वकर्मा लगायतलाई एयरहोस्टेजको जागिर लगाई दिन्छु भनी ६ लाख ठगी गरी सम्पर्कविहिन भएका थिए। पीडितहरूले उजुरी गरेपछि उनलाई हिजो (आइतबार) बालाजुबाट पक्राउ गरिएको हो। उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij