काठमाडौं– प्रहरीले २ लाख रुपैयाँ चोरी गर्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भई हाल टोखा बस्ने वर्ष २५ को वसन्त परियार रहेका छन् ।
पाँचथर घर भएका नगेन्द्र माखिमले झोलामा बोकी हिँडेको २ लाख रुपैयाँ चोरी गर्दैगर्दा महानगरीय प्रहरी वृत्त बालाजुको विशेष टोलीले परियारलाई माछापोखरीबाट पक्राउ गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij