२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसको अवसरमा कम्बो अफर

नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसको अवसरमा कम्बो अफर

2.7K
Shares

काठमाडौं– नेपाल टेलिकमले गणतन्त्र दिवस २०७६ को अवसरमा भोलि (२०७६।०२।१४) देखि लागू हुने गरी ‘रिपब्लिक डे अफर २०७६’ उपलब्ध गराउने भएको छ ।
यस अन्तर्गत टेलिकमले ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराउने भएको हो । यो छुट योजना अन्तर्गत ५० रुपैयाँमा प्याक खरिद गरे पश्चात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने छ । सो प्याक ७ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ ।
सो अफर जेठ १४ देखि जेठ १६ सम्म खरिद गर्न सकिने टेलिकमले जनाएको छ । छुट प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij