२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

छोरी परीक्षार्थी, बाबु परीक्षा नियन्त्रक

छोरी परीक्षार्थी, बाबु परीक्षा नियन्त्रक

2.1K
Shares

छोरी परीक्षार्थी रहेको परीक्षामा शिक्षामन्त्रीलाई ढाँटेर राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रकका रूपमा कृष्ण शर्मा सहभागी भएको पाइएको छ । कान्तिपुरले गरेको खोजीमा उनी बदनियतपूर्ण तरिकाले परीक्षामा सहभागी भएको भेटिएको हो ।
स्रोतका अनुसार परीक्षाका दिन बिदा बसेका उनी प्रश्नपत्र बनाउन र उत्तरपुस्तिका परीक्षणमा भने संलग्न रहेको पुष्टि हुन्छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल, सदस्यसचिव दुर्गाप्रसाद अर्याल र शर्माले मिलेमतो गरी शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई समेत यस विषयमा झुक्याउन सफल भए ।
शर्माकी छोरी ललितपुरको प्रसादी एकेडेमीबाट कक्षा १२ को परीक्षामा सहभागी हुँदै थिइन् । बुवा नियन्त्रक थिए । उनी प्रश्नपत्र छपाइमा संलग्न रहेको भन्दै बोर्डकै कर्मचारीहरूले असन्तुष्टि जनाएका थिए । उक्त कुरा सञ्चारमाध्यम हुँदै शिक्षामन्त्रीसम्म पुग्यो । मन्त्रीले चासो देखाए । परीक्षा सुरु हुनु २ दिनअघि शर्माले बिदा बस्ने निवेदन दर्ता गराए ।
शर्मालाई जिम्मेवारीबाट हटाउने निर्णय भयो। नियन्त्रक शर्मालाई परीक्षाबाट हटाइएको जानकारी मन्त्रीलाई दिइयो। तर शर्मा मन्त्रीलाई समेत झुक्याएर मर्यादाविपरीत परीक्षाका काममा पटकरपटक सहभागी हुँदै आएका छन् । परीक्षाको आचारसंहिता र मर्यादाअनुसार छोराछोरी वा नातागोताका कोही परीक्षामा सम्मिलित हुने भए जिम्मेवारीमा बस्न पाइँदैन । यो समाचार आजको कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij