जर्मनीको बर्लिनमा रहेको कम्पनी यूएनयूले क्लासिक स्टाइलको नयाँ इलेक्ट्रिक स्कुटर बजारमा उतारेको छ । धेरैजसो प्लाष्टिक मेटरियलबाट निर्मित सो स्कुटर हेर्दा पनि निकै आकर्षक छ । सो स्कुटर हाल प्रि–अर्डर गर्न सकिन्छ र आगामी सेप्टेम्बर महिना सम्ममा बजारमा आउने अनुमान गरिएको छ ।
४५ किलोमिटर भन्दा माथिको गतिमा कुद्न सक्ने यो स्कुटरमा २ जना बस्ने क्षमता रहने छ ।
मेट कोरल जस्तो आकर्षक रङको साथै यो स्कुटर २ वटा रङमा आउने भएको छ । सो स्कुटरको अर्को मुख्य बिशेषता ब्याट्री प्रतिस्थापन साथै स्पेयर पार्ट्स खरिद गर्न मिल्ने रहेको छ । यसका कारण उक्त स्कुटरको अतिरिक्त ब्याट्री चार्जमा राखेर प्रयोगमा रहेको ब्याट्रीलाई फेरबदल गरी यात्रा लम्ब्याउन सकिने छ ।
यसको हरेक १.७ किलोवाट आवरको ब्याट्रीले ५० किलोमिटरको ब्याकअप दिनेछ । ७ घन्टामा फुल चार्ज हुने उक्त ब्याट्रीले लामो दुरिको यात्राको लागि केही असहजता चाहिँ हुने भए तापनि चार्जको लागि लामो समय कुर्नु पर्ने झन्झट पनि नहुने भएकाले यो साधन धेरैको आवश्यकताको लागि सही निर्णय हुन सक्नेछ । त्यसैगरी यसमा अर्को ३.४ किलोवाट आवरको ब्याट्री प्रयोग गर्न सकिन्छ र यसले १ सय किलोमिटर सम्म रेन्जको यात्रा गर्न सकिन्छ ।
ब्याट्रीको प्रसिद्ध आपुर्तिकर्ता एलजीसँगको सझेदारीमा राखिएको ब्याट्रीले ७ देखि १० बर्षको आयु दिने यूएनयूको दाबी छ ।
बोस्क कम्पनीद्वारा उत्पादित ड्राइभ ट्रेनले विद्युतीय मोटर्समा एउटा राम्रो पक्ष देखिएको छ । भोेडाफोनको सहयोगमा निर्माण गरिएको बिल्ट इन नेभिगेसन, थेफ्ट प्रोटेक्सन तथा सेयर गर्न मिल्ने डिजिटल की सहितको इन्टिग्रेटेड डिस्प्ले पनि रहेको हुनाले यो स्कूटर अझैँ प्रिय बन्ने कम्पनीको अनुमान छ ।
सो स्कुटर नेपाली बजारमा आउने सम्भावना भने छैन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij