२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कक्रोज र बलेको ‘क्यालकुलेटर’ सार्वजनिक (भिडियोसहित)

कक्रोज र बलेको ‘क्यालकुलेटर’ सार्वजनिक (भिडियोसहित)

4.6K
Shares

काठमाडौंँ – हास्य सिरियल ‘भद्रगोल’का कलाकार सागर लम्साल (बले) र हरि निरौला (कक्रोज)को अभिनय रहेको नयाँ गीत ‘क्यालकुलेटर’ सार्वजनिक भएको छ ।
भिडियोमा यी दुवै कलाकारलाई शिक्षा संग्रौलाले मोडलिङमा साथ दिएकी छन् । रोमान्टिक थिममा तयार गरिएको भिडियोमा कमलमान नेपाल, मधुसुदन पाठक र गम्भीर बिष्टको समेत अभिनय देख्न सकिन्छ ।
शंकर थापा (स्माइल) र विजय अधिकारीको स्वर रहेको गीतमा डिपी खनालको शब्द र बिष्णु अधिकारीको संगीत रहेको छ । भिडियोमा भने नवराज उप्रेतीको छायाँकन, नविन निरौलाको सम्पादन र नृत्य तथा निर्देशक गम्भीर बिष्टको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij