ललितपुर । चर्चीत गायक भुवन प्यासी फरक शैलीको नयाँ गीत लिएर आउन लागेका छन् । यतिवेला चर्चाको शिखरमा रहेकी मोडल जेविका कार्कीसहित मोडल तथा नायक गम्भीर विष्ट र आफु स्वयले अभिनय गरेको “हे बरै हे बरै…खाँयो बरै भमराले फुलबारिको रस, नजाऊ पर हेबरै नजिक आई बस ।।” बोलको गीत आफ्नै संगित र शब्द र लयमा लिएर आउन लागेका हुन् ।
विशेषगरी आधुनिक गीतमा आफ्नै शैलीका कारण लोकप्रिय बनेका गायक प्यासीले लोक, आधुनिक र र्याप मिसाउदै “हे बरै हे बरै…खाँयो बरै भमराले फुलबारीको रस” को गीत ल्याएको बताए ।

ललिपुरको गोदाबरी गार्डेन परिसरमा चर्चीत निर्देशक शिव विकले भिडियोलाई निर्देशन गरेका छन् । आरजे डिजेको र्याप समेत मिसाए आफुले एकपटक एकसाथ गीतमा युवादेखि बुद्धासम्मको मन जित्ने दावी पनि गरे ।
उनलाई गीतमा गायिका मेलिना राईको साथ दिएकी छिन् । “माहोल लोक डान्सीङ्ग मन पराउनेको छ, अनि म चुप लागेर बस्न मन लागेन् उनले भने पहिलो पटक लोक भाकाको गित ल्याए ।”
निकै लोकप्रिय धुनबाट गीत सुरु गर्दै विच–विच प्रस्तुत गर्दै र्यापले समेत यो लोक गीतलाई राम्रो चर्चा दिलाउने उनको भनाई छ । अर्जुन तिवारीले छायाकंन रहेको भिडियोमा अर्की मोडल प्रकुती लामिछाने र स्वय आरजे डिजेले पनि अभिनय गरेका छन् । झण्डै ५ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको भिडियो केहि दिनमा भव्य कार्यक्रमसहित सार्वजनिक गर्ने उनले बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij