काठमाडौं– लोक दोहोरी गायक निलमणी भण्डारीको दोहोरी एल्बम “म चिन्दिन भने” बजारमा आएको छ। निलमणी आफैले यस गीतमा संगीत भरेका हुन्। यस म्युजिक भिडियोमा चर्चित गायिका देवी घर्ती र निलमणी भण्डारीको स्वर रहेको छ । निलमणी भण्डारी/देवि घर्ती, लय, निलमणी भण्डारीकै रहेको छ भने शब्द रामचन्द्र गाँउलेको रहेको छ । चर्चित मोडलद्वय बिनोद श्रेष्ठ/रञ्जीता गुरुङ्ग अभिनय गरेका छन् ।
म्युजिक भिडियोको निर्देशन कुमार केसीले गरेका हुन्। भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन भने सम्पादन र कलर सुभाष गुरुगले गरेको हुन।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij