सिरहा – पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका १० स्थित प्रयागपुर चोकमा बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
ना ८ ख ९८२ नम्बरको प्राइम बस पूर्व झापाबाट काठमाण्डौं जादैँ गर्दा पश्चिमबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
मृत्यु हुनेमा बस चालक भोजपुर निबािस ३५ वर्षिय हिर पहेलि र झापा निबासि ४० वार्षिय मदन उप्रेती रहेको प्रहरीले जनाएको छ।
एकजनाको घटनास्थलमै र अर्कोको उपचारको क्रममा मिर्चैयामा मृत्यु भएको प्रहरीले जनाएको छ। सामान्य घाइतेहरुको स्थानीय अस्पतालमा र गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij