२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मेलम्ची खानेपानी आयोजनाको काम बेग्लाबेग्लै ठेकेदारमार्फत् अघि बढाइने

मेलम्ची खानेपानी आयोजनाको काम बेग्लाबेग्लै ठेकेदारमार्फत् अघि बढाइने

1.4K
Shares

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको कामलाई तीव्रताका साथ अघि बढाउने बताएको छ।
मन्त्रिपरिषद बैठकले आयोजनाका बाँकी कामलाई भिन्नभिन्न टेण्डर आह्वान गरेर बेग्लाबेग्लै ठेकेदारमार्फत् काम अघि बढाउने बाटो खोलेको छ।
सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद बैठकले गरेका निर्णय सुनाउँदै मेलम्ची आयोजनाका बाँकी काम तत्काल अघि बढाउने जानकारी दिए।
इटालियन सिएमसी कम्पनीले आयोजनाको काम छाडेर हिँडेपछि रोकिएको काम अब तीव्र रूपमा अघि बढाउने सरकारले बताएको हो।
मेलम्चीको बाँकी काम सक्न कम्तीमा ३ अर्ब बजेट लाग्ने अनुमान छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij