काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पुनर्विचारका लागि फिर्ता पठाएकी छन् ।
सभामुखले प्रमाणित गरी नेपालको संविधानको धारा ११३ को उपधारा(२) बमोजिम प्रमाणिकरणका लागि पेश भएको राहदानी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचार गर्न प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ad ad ad
संसद्को तेस्रो अधिवेशनको अन्तिम समयमा प्रतिनिधिसभाले पारित गरेर उक्त विधेयक राष्ट्रिय सभामा पठाएको थियो । प्रतिनिधिसभाले विधेयक पठाएको केहीदिनमै संसद्को अधिवेशन अन्त्य भयो । राष्ट्रियसभाले त्यसलाई प्रक्रियामा लैजाने समय पाएन । त्यसपछि ६० दिनभित्र प्रक्रिया अघि नबढेको भन्दै प्रतिनिधिसभाले प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको थियो ।
त्यसलगत्तै राष्ट्रियसभाले अनौपचारिक रुपमा राष्ट्रपतिसमक्ष आपत्ति जनाएको स्रोतले जानकारी दियो । राष्ट्रपति भण्डारीले केहीदिनअघि राष्ट्रियसभाका केही सदस्यहरुसँग छलफलसमेत गरेकी थिइन् । स्रोतका अनुसार ती सांसदहरुले पनि फिर्ता पठाइदिन राष्ट्रपतिसमक्ष आग्रह गरेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij