२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेटवर्किङमा ठगिने थपिए

नेटवर्किङमा ठगिने थपिए

1.3K
Shares

साइन ग्रुपका नाममा काठमाडौं आएर पिरामिड शैलीको नेटवर्किङ विस्तार गर्न आएका २० भारतीय पक्राउसँगै थप पीडित प्रहरीको सम्पर्कमा आएका छन् ।

प्रहरी परिसर काठमाडौंले बुधबार थप तीन पीडितको निवेदन दर्ता गरेको छ । उनीहरुको नेटवर्कको सदस्य बन्ने भन्दै २० लाख ८ हजार ५ सय रुपैयां फसाएका बताएका छन् । यस अघि नै परिसरमा १ करोड ६० लाख फसाएका तीन जनाले नेटवर्क सञ्चलकविरुद्ध उजुरी दिएका थिए ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले थप १७ पीडित सम्पर्कमा आएको र उनीहरु निवेदन दर्ता गराउने क्रममा रहेको बताए ।

प्रहरीले वैशाख २८ मा साइन ग्रुपका नाममा काठमाडौं आएर पिरामिड शैलीको नेटवकिंङ विस्तार गर्न आएका १२ भारतीयलाई पक्राउ गरेको थियो । यो समाचार आजको कान्तिपुरमा जनकराज सापकोटाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij