जनकपुर- हिमालयन बैंक लिमिटेडले शाखा सञ्चालन विस्तारका क्रममा आफ्नो ५८ औँ शाखा जनकपुरधाममा सञ्चालनमा ल्याएको छ ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शाखाको उद्घाटन गर्दै बैंकले उत्पादनमूलक क्षेत्र र उद्योगमा लगानी गर्ने वातावरण निर्माण गर्नेतर्फ ध्यान दिनु जरूरी छ भने ।
उनले प्रदेशमा युवाहरूले अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको समस्यालाई दृष्टिगत गरी युवाहरूले विदेश कमाएको रकम उत्पादक क्षेत्रमा लगानी गर्न सक्ने समयसापेक्ष सेवा उपलब्ध गराउनुपर्ने खाँचो औंल्याए ।
प्रदेशमा ऋण तिर्न नसक्ने स्थितिमै विदेशबाट लास आउने समस्या जटिल रहेको चर्चा गर्दै मुख्यमन्त्री राउतले युवाले स्वदेशमै रोजगार पाउने कार्यक्रमको थालनी गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले उद्यम तथा व्यावसायिक लगानीका लागि धनुषा जिल्लामा राम्रो सम्भावना भएको चर्चा गर्दै बैंकको साना तथा मझौला उद्यमी कर्जा कार्यक्रमद्वारा आफ्नो व्यवसायलाई बढाउन जिल्लावासीको क्रियाशीलता र सहयोगका लागि आग्रह गरे ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij