२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्रतिभा निखार्दै ‘मिस एसईई युनिवर्सल २०१९’ का प्रतियोगी

प्रतिभा निखार्दै ‘मिस एसईई युनिवर्सल २०१९’ का प्रतियोगी

2.2K
Shares

काठमाडौं – ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको ‘मिस एसईई युनिवर्सल २०१९’का प्रतियोगी अहिले प्रशिक्षणमा छन् । प्रतियोगिताको अन्तिम स्पर्धामा शिर्ष उपाधि आफ्नो पक्षमा पार्न उनीहरु केही दिन देखि प्रशिक्षण्मा जुटेका हुन् ।
प्रतियोगितामा सलिना बुढाथोकी, श्रीया श्रेस्ठ, सजिना नेपाल, नम्रता थापा ,ममता ओली, झरना थापा मगर, करिना मानन्धर, संन्चिना लामा, विविशा लमिछाने, अनुजा पूरी, प्रिति खड़का, विना घले, नामग्याल तमाङ, ईशा के.सी, रिया गहतराज, स्नेहा लामा तमाङ, दिक्षा राई, दिक्षा ढकाल, प्रनिका श्रेष्ठ, अदीति सुनुवार लगायतका २० प्रतियोगी छन् ।
प्रशिक्षका क्रममा उनीहरुले एक्स्ट्रा काम र ट्रेनिङहरू, स्विमिङ, जूम्बा, बीर बिक्रम २ चलचित्रका कलाकार पल शाह, नाजÞरी हूसेन, वर्षा सिवकोटी तथा डिरेक्टर मिलन चाम्ससँग अंतरक्रिया) बिभिन्न कलेजको भ्रमण मोटिवेशनल, सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण लिइरहेको कोरियोग्राफर आश्विनी झाले जानकारी दिए ।
आकास गिरी इभेन्ट म्यानेजर रहेको प्रतियोगिताको एसईई दिएर बसेका छात्राहरुको प्रतिभा निखार्दै उनीहरुलाई उज्योल भविश्य निर्माणका लागि बाटो देखाउने उदेश्य रहेको ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका सिइयो प्रिती कार्कीले जानकारी दिइन् ।
प्रतियोगितामा शिर्ष सहित बिभिन्न आधा दर्जन बिधामा बिजेता छानिने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij