२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विप्लव नेतृत्वको नेकपाका भेरी व्यूरो इन्चार्जसहित २ जना पक्राउ

विप्लव नेतृत्वको नेकपाका भेरी व्यूरो इन्चार्जसहित २ जना पक्राउ

1.4K
Shares

सुर्खेत- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका केन्द्रीय सदस्य एवम् भेरी व्यूरो इन्चार्जसहित दुई जना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले आज पत्रकार सम्मेलन गरीे पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ भर्लेनीबाट आजै उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

विप्लवका केन्द्रीय सदस्य बलबहादुर वली ‘शितल’ र सुर्खेत जिल्ला सेक्रेटरी खड्कबहादुर खड्का ‘यामराज’लाई पक्राउ गरेको प्रदेश प्रहरी प्रमुख महेशविक्रम शाहले जानकारी दिए । उनीहरुका साथबाट पार्टीका विभिन्न दस्तावेज बरामद गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij