२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

मेटलाईफ एशियाको एक्जुकेटिभ भाइस प्रेसिडेन्ट नेपालमा

मेटलाईफ एशियाको एक्जुकेटिभ भाइस प्रेसिडेन्ट नेपालमा

1.6K
Shares

काठमाण्डौं– मेटलाइफका एक्जुकेटिभ भाइस प्रेसिडेन्ट एण्ड हेड अफ स्ट्राटेजिक ग्रोथ मार्केट, रेबेका तादिकोन्दा नेपाल आएका छन् । तादिकोन्दा बंगलादेश तथा म्यानमारका चेयरम्यान एम.नुरुल इस्लाम तथा हेड अफ स्ट्राटेजी एम. अलाउद्दिन अहमदसँगै यो हप्ता नेपाल भ्रमणमा छन् ।

भ्रमणको अवसरमा रेबेकाले मेटलाईफ नेपालको मुख्य कार्यालय ललितपुरको पुल्चोक स्थित वान कस्टमर प्लेस (ओसीपी)को उद्घाटन गरेकी छन् । ओसीपी ग्राहकहरुलाई अझै व्यवस्थितरुपमा सेवाहरु उपलब्ध हुने स्थान हो जसमा प्रिमियम भुक्तानी, परिपक्व भएको बिमा दावी, बिमालेख समर्पण, ऋण तथा बिमालेख परिवर्तन जस्ता ग्राहकसँग सम्बन्धित सम्पूर्ण सेवाहरु उपलब्ध हुन्छ ।

रेबेकाले बंगलादेश, चीन, हङकङ, भारत, मलेसिया, नेपाल तथा भियतनाम र व्यवसाय सुरु भएका नयाँ स्थानहरु लगायत मेटलाईफको व्यवसायमा तिब्र बृद्धि भएका स्थानहरुमा मेटलाईफको व्यवसाय हेर्ने गरेकी छन् ।

उनले वितरण प्रणालीलाई विस्तार गरी (साझेदारी, एजेन्सी तथा डिजिटल मार्पmत), डिजिटल तथा नविनतम पद्दतिलाई अंगाली तथा यस क्षेत्रमा प्रयोग तथा आदानप्रदान हुने क्षमताहरुमा सहयोग तथा सह–लगानीलाई बढाउन सहयोग गर्दै आएकी छन् ।

रेबेकाका अनुसार “नेपालमा नयाँ बिमा सेवा तथा डिजिटिल अभियान भित्र्याई एक अग्रणी बिमा कम्पनीको रुपमा मेटलाईफ नेपालले एकदमै राम्रो काम गरेको छ ।”

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij