काठमाडौं–नेपाल राष्ट्र बैंकले अनुमति नलिएका भुक्तानी सेवा प्रदायकबाट भुक्तानी नलिन सचेत गराएको छ । राष्ट्र बैंकले भनेको छ, ‘विदेशी भुक्तानी प्रणालीसँग प्रत्यक्ष आवद्ध भएका जुनसुकै क्युआर कोड, पिओएस मेसिन वा अन्य भुक्तानी प्रणालीको प्रयोग स्वीकृति प्राप्त संस्थावाहेकसँग नगर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । यदि यस्तो संस्थावाट कारोबार गरेमा विदेशी विनिमय अपचलन हुने भएकाले नेपाल भित्र त्यस्तो कार्य गरेको पाइएमा कारबाही गरिने चेतावनी राष्ट्र बैंकले दिएको छ ।
राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी गरिएको सूचनामा वीच्याट पे र अलिपे विदेशी जस्ता संस्थाबाट पेमेन्ट नगर्न भनिएको छ ।
यी चिनिया भुक्तानी सेवा प्रदायक संस्थाबाट पैसा तिर्दा व्यवसायीले नेपालमा कमाएको पैसा सरकारलाई थाहा नदिइ विदेशमा लिन पाउँछन् । कानुनी रुपमा कुनै पनि भुक्तानी प्रदायक कम्पनी सञ्चालन गर्न नेपालमा स्विकृत लिनुपर्छ । अलिपे र विचयाट पे ले स्विकृत लिएका छैनन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij