२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बुढानिलकण्ठमा नेपाल इन्भेष्टमेण्ट बैंकको १४औं एक्सटेन्सन काउन्टर

बुढानिलकण्ठमा नेपाल इन्भेष्टमेण्ट बैंकको १४औं एक्सटेन्सन काउन्टर

1.1K
Shares

काठमाडौं– नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा आफ्नो १४ औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं. ५ स्थित बुढानिलकण्ठ स्कूलको ठीक बाहिर, पूर्व पट्टि खोलिएको यस काउन्टरले विद्यार्र्थी एवं शिक्षक लगायत स्थानीय जनतालाई सहज वित्तिय सुविधा प्रदान गर्नेछ ।

यस काउन्टरको उद्घाटन समारोहमा बैंकका कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे, बुढानिलकण्ठ स्कूलका प्राध्यापक होमनाथ आचार्य, सो वडाका सदस्य लगायत बैंकका कर्मचारी तथा स्थानीय महानुभावहरुको सहभागिता रहेको थियो ।

बैंकले वित्तिय साक्षरता अभिबृद्धिका लागि ग्रामिण क्षेत्रमा शाखा विस्तार गर्दै आएको छ र सो काउन्टर अन्र्तगत उपत्यकाको बढ्दो क्षेत्रमा बैंकिङ्ग सहजता पुर्याउने छ तथा प्रख्यात धार्मिक स्थल बूढानिलकण्ठ मन्दिर दर्शन गर्न आउने भक्तजनहरुलाई पनि यस काउन्टरबाट सहज पहुँच मिल्ने आशा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij