२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैंकहरुले अब एटीएम मेसिनमा नेपाली भाषा अनिवार्य राख्नुपर्ने

बैंकहरुले अब एटीएम मेसिनमा नेपाली भाषा अनिवार्य राख्नुपर्ने

1.3K
Shares

काठमाडौं – बैङ्कहरुले आफ्नो एटीएम मेरिनमा अब नेपाली भाषा पनि प्रयोग गर्न मिल्ने बनाउनुपर्ने भएको छ ।
राष्ट्र बैङ्कले बैङ्कहरुलाई एटीएम मेसिनमा नेपाली भाषा राख्न निर्देशन दिएको छ ।
केही बैङ्क तथा वित्तिय संस्थाले एटीएममा अंग्रेजी भाषा मात्र राखेको गुनासो राष्ट्र बैङ्क पुगेपछि केन्द्रिय बैङ्कले ३० दिनभित्र नेपाली भाषा प्रयोग गर्न सकिने बनाउन निर्देशन दिएको हो ।
३० दिनभित्र एटीएम मेसिनहरुमा नेपाली भाषा राखी केन्द्रीय बैङ्कलाई सो बारे जानकारी गराउनुपर्नेछ ।
नेपाल राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागले आइतबार बैङ्क तथा वित्तिय संस्थालाई सुचना जारी गरी नेपाली भाषा राख्न भनेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij