काठमाडौं – नेपाल क्लियरिङ्ग हाउसले प्रणालीका नयाँ ग्राहकहरुका लागि “कनेक्ट गर्नुहोस् रु १०० पाउनुहोस्” अफर यही जेष्ठ १ बाट सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत connectIPS e-Payment प्रणालीमा आबद्ध हुने नयाँ ग्राहकले सोही खातामा रु १०० सम्म पाउन सक्नेछन् ।
connectIPS e-Payment को कुनै पनि नयाँ ग्राहकले आफूलाई एकपटक आवद्ध गराई user Id बनाएपछि मोवाईल र इमेल भेरिफाई गराई रु ३० को लागी योग्य हुन सक्नेछन भने कुनै पनि सदस्य बैंकमा रहेको आफ्नो खातामा उक्त गकभच आवद्ध गराई थप रु ७० को लागी योग्य हुन सक्नेछन् ।
यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ भने एक गकभच मा लिंक गरिएको पहिलो बैंक खाताको लागी मात्र मान्य हुनेछ । ग्राहकले गकभच बनाउन यसको मोबाईल एप्समा गई गर्न सक्नेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij