२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पूर्वएआईजीको घरमा चोरी गर्नेलाई गोली हानी पक्राउ

पूर्वएआईजीको घरमा चोरी गर्नेलाई गोली हानी पक्राउ

2.5K
Shares

काठमाडौं – प्रहरीको खोजी सूचीमा रहेका एक व्यक्तिलाई काठमाडौंको टोखामा गोली हानी नियन्त्रणमा लिइएको छ । प्रहरीको खोजी सूचीमा रहेका काले भनिने विष्णु तामाङलाई अपराध महाशाखाको टोलीले गोली हानी नियन्त्रणमा लिएको हो । महाशाखाका एसएसपी सहकुल थापाले तामाङ डकैतीमा संलग्न रहेको पाइएपछि खोजी सूचीमा राखिएको बताए । उनले विशेष सूचनाका आधारमा पक्राउ गर्न गएको प्रहरी टोलीमाथि हतियार देखाउँदै प्रहार गर्न खोजेपछि घुँडामुनी गोली हानेर नियन्त्रणमा लिइएको जानकारी दिए ।

सिन्धुपाल्चोकको मेलम्चीमा घर भएका तामाङ ८ ठाउँमा चोकी डकैतको आरोपमा ६ वर्ष जेल सजाय पूरा गरेर छुटेका थिए । उनले पूर्वएआईजी जयबहादुर चन्द र डीआईजी विश्वराज शाहीको घरमासमेत चोरी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij