आइतबारको राशिफल

२०७६ जेठ ५ गते आइतबारको राशिफल
मेष
महत्वपूर्ण अवसर गुम्न सक्छ । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । अधिकार प्राप्तिका अथक प्रयास ।

वृष
पारिवारिक साथ(सहयोग मिल्ने छ । मनमा चिन्ता बढ्ला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनु उत्तम । कामको जस अरुलाई मिल्ने ।

मिथुन
राजनैतिक कार्यमा बाधा आउनेछ । मनमा चञ्चलता। अचल सम्पत्तिको कारोबार गर्दा शुभ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ला।

कर्कट
रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पूरा होला । यात्रामा सावधानी अपनाउनु होला । बोलीको प्रभाव पनि बढ्नेछ ।

सिंह
बोलीमा प्रभाव रहला । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । धार्मिक यात्राको योग छ । मित्रजनको साथ मिल्ने छ । मन प्रफुल्लित ।

कन्या
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्यबाट सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ ।

तुला
दाम्पत्य जीवन सुखमय रहला । मनमा शान्ति छाउनेछ । आर्थिक क्षेत्रमा सफलता मिल्ने योग । महिला साथीबाट धोका होला ।

बृश्चिक
शुभकार्यको चर्चा चल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । सही निर्णय लिनुस् । राजनैतिक कार्यमा सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या ।

धनु
यात्रामा बाधा, अडचन आउला। महत्वपूर्ण अवसर गुम्न सम्भावना ।आफ्नैबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला । मन अशान्त । धनु

मकर
पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । वैदेशिक कार्यमा शुख । मौनता अपनाउनु राम्रो । अधुरो काम पूरा हुने।

कुम्भ
चुनौतीको सामना गर्दा प्रतिफल हात लाग्ला । आजको दिन शुभ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ ।

मीन
बाहिर खानु अघि विचार गर्नुहोला, स्वास्थ्यमा समस्या आउँन सक्छ ।अचल सम्पत्ति हात पर्ला । राम्रो सहयात्रीको साथ पाइने सम्भावना प्रवल छ ।

© 2019 arthanepal.com All right reserved Site By : SobizTrend Technology