काठमाडौ– रत्न पत्थर तथा आभुषणको आयात प्रतिस्थापन एवं निर्यात प्रवद्र्धन गरी अर्थतन्त्रमा योगदान पुर्याउने उद्देश्यले शुक्रबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो हुने भएको छ । एस्पोमा गोल्ड, डायमण्ड ज्वेलरी ३६, लुज जेम्स ४, सिल्भर ज्वेलरी २, ल्यापिडरी (जेम कटिङ्ग) २, रक एण्ड मिनिरल्स १२, एजुकेसन ४ गरी कूल ६० वटा स्टल रहनेछन् । एक्स्पोको उद्घाटन प्रधानमन्त्री के पी शर्माले गर्ने कार्यक्रम तय भएका छ । बुधबार खानी तथा भूगर्भ विभागको बैठक कक्षामा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले भने– ‘नेपालमा रहेका प्राचिन रत्न तथा पत्थरलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसम्म प्रचार र प्रवद्र्धन गर्नको लागि एक्स्पो गरिएको हो ।’‘हामीले यस एक्स्पोलाई कारोबार भन्दा पनि प्रचारप्रसार ध्यान दिएका छौँ’ अध्यक्ष महर्जनले भने । त्यसै गरी सम्मेलनमा बोल्दै खानी तथा भूगर्म विभागका महानिर्देशक डा सोम नाथ सापकोटले भने – ‘यो एक्स्पो सरकार मात्रै एक्लैले गर्न हुने भएकाले नीजि क्षेत्र र सकार मिलेर गरेको गुर्न परेको हो । ’ एक्स्पोमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्स, नेपाल हस्तकला महासंघ लगायतले सहयोग गरेका छन् । ३ दिनसम्म चल्ने एक्स्पोमा सेमिनार समेत चल्ने छ । एक्स्पो अवलोकनको लागि सर्वसाधारणका लागि २ सय रुपैयाँको टिकट र विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij