२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

कामना सेवा विकास बैंकको रेमिट सेवा सुरु

कामना सेवा विकास बैंकको रेमिट सेवा सुरु

1.1K
Shares

काठमाडौं– कामना सेवा विकास बैंकले आजबाट आफ्नै “कामना सेवा रेमिट” सुरु गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्य, संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सो सेवाको शुभारम्भ गरेका हुन् ।

विविध विशेषताहरु सहित आफ्ना सम्पूर्ण शाखा तथा देशभरका करिब ७,५०० एजेन्टस् मार्फत बैंकले यो सेवा प्रदान गर्न लागेको हो । समय सापेक्ष ग्राहकहरुको आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै भविष्यमा पनि एजेन्टहरु थप गर्दै जाने बैंकको योजना रहेको छ । कामना सेवा रेमिटको प्रयोगबाट सम्पूर्ण ग्राहकहरुले सुरक्षित, भरपर्दो, सरल तथा सुलभ तवरले विप्रेषण सेवा लिन सक्नेछन् ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८४ वटा शाखा तथा ३९ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij