२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बौद्ध–जोरपाटी सडकमा कालोपत्रे गर्न सुरु

बौद्ध–जोरपाटी सडकमा कालोपत्रे गर्न सुरु

1.8K
Shares

काठमाडौं– बौद्ध जोरपाटी सडक कालोपत्रे सुरु भएको छ । सडक कालोपत्रे नगरेको विरोधमा स्थानीय वासिन्दाले सडक बन्द गराएको छैठौं दिन बुधबारबाट धमाधम सडकमा कालोपत्रे बिच्छ्याउने, लोडरले पेल्ने काम भइरहेको छ ।
चावहिल–साँखु खण्डको १२ किलोमिटर सडक २ बर्ष अघि नै कालोपत्रे गर्नुपर्ने भएपनि ठेकेदार, काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको ढिलासुस्ती र केही स्थानीय घरधनीले मापदण्ड विपरितको घर भत्काउन नमानेपछि सडक विस्तारको काम अलपत्र परेको थियो । बर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएका कारण हैरानी पाएका सर्वसाधारणले स्वतस्र्फूत रुपमा आन्दोलन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij