२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दमदार जेसीबीको शानदार उपहार

दमदार जेसीबीको शानदार उपहार

1.7K
Shares

काठमाडौं– नेपालका लागि जेसीबी निर्माण तथा हेभि इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले जेसीबी ब्रान्डको ब्याक हो लोडर र एस्काभेटर खरिदमा शानदार उपहार घोषणा गरेको छ ।
यो नयाँ योजनाअन्तर्गत एमएडब्लु अर्थमुभर्सले जेसीबी थी्र डीएक्स सुपर वा जेसीबी २२० एलसी एक्स्ट्राको खरिदमा एक हजार घन्टासम्म सर्भिसिङ र त्यसमा लाग्ने सम्पूर्ण सामग्री निःशुल्क उपलब्ध गराउनेछ ।

एमएडब्लु अर्थमुभर्सले जेसीबी थ्री डिएक्स सुपरमा दुई वर्षसम्म अनलिमिटेड आवर वारेन्टी र जेसीबी २२० एलसी एक्स्ट्रामा तीन वर्ष वा ७ हजार घन्टा पावरट्रेन वारेन्टी उपलब्ध गराउँदै आएको छ ।

जेसीबी एक्साभेटर र ब्याकहो लोडर राष्ट्रिय तहमा मात्र होइन स्थानीय तहमा समेत सहज रुपमा पु¥याउन एमएडब्लु अर्थमुभर्सले फाइनान्स, न्युनतम डाउनपेमेन्ट, सरल ब्याजदर र डाइरेक्ट एलसी जस्ता सुविधा उपलब्ध गराएको छ । यी मेसिनहरु ८५ प्रतिशतसम्म फाइनान्समा उपलब्ध छन् ।

देशभर १२ स्थानमा ‘थ्री एस’ सुविधासहितको शाखा, १३ वटा आधिकारिक विक्री केन्द्र (एआरओ) र दुई सयभन्दा बढी सर्भिस इन्जिनियर जेसीबीका ग्राहकको सेवामा सदा तत्पर छन् ।

नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij