२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआरएनको उपक्षेत्रिय निर्वाचनमा नुवाकोटका रामबाबु पाण्डेको उम्मेवारी

एनआरएनको उपक्षेत्रिय निर्वाचनमा नुवाकोटका रामबाबु पाण्डेको उम्मेवारी

1.5K
Shares

काठमाडौं– नुवाकोट, बेलकोटगढी नगरपालिका बडा नं १३ मदानपुरमा जन्मिएका रामबाबु पाण्डेले आगामी मे १८ र १९ तारीखमा हुन लागेको एनआरएन अमेरीकाको नयाँ कार्य समितिको निर्वाचनमा पश्चिम क्षेत्रीय उपाध्यक्ष पदका लागि आफ्नो उमेद्वारी दिएका छन्।
उनी अहिले पनि क्यालीफोर्नीया राज्यको एनआरएनए अध्यक्ष भई काम गर्दै आएका छन्। अमेरीकाको क्यालीफोर्नीया राज्यमा बसोबास गर्दै आएका पाण्डे सफल ब्यबसायी तथा सामाजिक अभियन्ताको रुपमा परिचित छन् । एनआरएनएलाई सबै गैरआबासीय नेपालीहरुको साझा संन्जालको रुपमा बिकास गराउनुपर्ने, सबैलाई सहज समाज निर्माणका लागि राजनितीक भन्दा सामाजिक अभियान नै प्रभाबकारी हुने भएकाले आफुलाई मतदान गर्नुपर्ने उनले बताए ।
नुवाकोटको मदानपुरमा जन्मेर विगत एक दशकदेखी अमेरिकालाई कर्मथलो बनाई आफ्नो व्यवसाय गर्दै आएका पाण्डले अमेरीकामा रहेका बिभिन्न सामुदायिक केन्द्रका लागि सहयोग गर्दै आएका छन । उनले पशुपतीनाथ फाउन्डेशनमा पचासी हजार डलर सहयोग गरी निरन्तर त्यसको संरक्षणमा लागिरहेकान छन् । उनले विनाशकारी भुकम्पको वेला आफ्नो व्यक्तिगत तथा संस्थागत दुबै तर्फबाट बिभिन्न क्षेत्रमा राहत बितरणमा सहयोग गरेका थिए । सबल, सक्षम र समाबेशी एनआरएनए निर्माणको लागि सहमती, सहकार्य र एकताको आबश्यकता मान्यता राख्ने पाण्डेले आफु नेतृत्वमा पुगेको खन्डमा सबैलाई समेटेर अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij