२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनिल छिदालको ‘ए माया’ सार्वजनिक (भिडियोसहित)

सुनिल छिदालको ‘ए माया’ सार्वजनिक (भिडियोसहित)

3.4K
Shares

काठमाडौं–‘भाइरल ब्वाई’ सुनिल छिदालको स्वरमा रहेको नयाँ गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । सानै उमेरमै गायन विधामा आफूलाई अब्बल साबित गरेका सुनिलको ‘ए माया’ बोलको नयाँ गीतमा उनी स्वयंले संगीत भरेका छन् । गीतमा खेम छन्त्यालको शब्द रचना छ ।रोमान्टिक थिमको भिडियो बनाउन सिपालु मानिने रोजल थापाले यस गीतको भिडियोलाई निर्देशन गरेका हुन् । भिडियोमा गायक सुनिल स्वयं फिचर्ड छन् । उनको अपोजिटमा रोजिना राई छिन् । दुईको केमेस्ट्री सुहाएको देखिन्छ । गीतको भिडियोमा सुनिललाई रोजिनाको यादमा तड्पिएको देख्न सकिन्छ ।विरेन्द्र भट्टको छायांकन रहेको सार्वजनिक भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् । मेघराज मगरातीले भिडियोमा ड्रोन उडाएका छन् । आफ्ना अघिल्ला गीतझैं ‘ए माया’ लाई पनि दर्शक/स्रोतले रुचाउनेमा गायक सुनिल विश्वस्त छन् । निर्देशक रोजल धेरै युवा-युवतीले गीतमा आफ्नो कथा भेट्ने बताउँछन् ।
https://youtu.be/Xb5tvZNpI8A

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij