२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल्स स्टार मोडल २०१९ का लागि ११ प्रतियोगी छनोट

नेपाल्स स्टार मोडल २०१९ का लागि ११ प्रतियोगी छनोट

1.9K
Shares

काठमाडौं – ‘नेपाल्स स्टार मोडल २०१९’कालागि ११ प्रतियोगी छानिएका छन् । सिद्धि मिडियाको कार्यलय कुलेस्वरमा आयोजित पहिलो चरणको अडिसनबाट यी प्रतियोगी अन्तिम स्पर्धाका लागि छानिएका हुन् ।
१६ देखि ४० वर्षसम्मका विवाहित, अविवाहित महिला तथा पुरुषले सहभागिता जनाउन सक्ने प्रतियोगिता विद्यार्थी, गृहणी, कामकाजी ब्यक्ति, शिक्षक, कर्मचारी, ब्यबसायी लगायत सबैका लागि ब्यक्तित्व बिकाशका लागि उपयुक्त प्लेटफर्म श्रृजर्ना गर्ने उदेश्यले आयोजना हँदै आएको सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए ।
बिभिन्न पेसासँग सम्बन्धित ३० जनाको अडिसनमा सहभागिता रहेको थियो । सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाह, मोडल लुना गुरुङ, कलाकार तथा समाजसेवी प्रिती कार्की, मोडल तथा नेपाल स्टार मोडल सेकेन्ड रनरअफ आयुसा ठकुरी, मोडल तथा सेकेन्ड रनरअफ मिस चब्बी, पुनम श्रेष्ठ, मोडल तथा मिस चब्बी बिजेता रविन पोखरेल, मोडल तथा सेकेन्ड रनरअप पवन श्रेष्ठ र मोडल तथा फष्टरनरअप मिस चब्बी जिज्ञाशा चटौट लगायत निर्णायक रहेका थिए ।
अडिसनबाट छानिएका प्रतियोगीलाई अन्तिम स्पर्धाका लागि सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, मिडिया काउन्सिल लगायतका प्रशिक्षण प्रदान गरिनेछ ।
शिर्ष सहित बिभिन्न आधा दर्जन बिधामा बिजेता छानिने प्रतियोगिताको शिर्ष विजेताले ३० हजार नगदसहित विभिन्न उपहार र फस्टअप रनर र सेकेन्ड अप रनरले क्रमशः २० र १० हजार नगद सहित विभिन्न उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij