२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्रीन डेभलपमेन्ट बैंङ्कको शाखा बाग्लुङ्ग बसपार्कमा

ग्रीन डेभलपमेन्ट बैंङ्कको शाखा बाग्लुङ्ग बसपार्कमा

1.7K
Shares

काठमाडौँ – ग्रीन डेभलपमेन्ट बैंङ्कले पोखरा महानगरपालिका २, बाग्लुङ्ग बसपार्कमा शाखा खोलेको छ । पोखरा महानगरपालिका वडा नं २ का अध्यक्ष रामेश्वर मल्ल, बैंङ्कका अध्यक्ष गणेशकुमार श्रेष्ठ र बैंङ्कका शेयरधनी दिपशंकर श्रेष्ठले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् ।
सो अवसरमा वडा अध्यक्ष मल्लले वडाका विभिन्न आर्थिक गतिविधिहरुमा बैंङ्कसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
बैंङ्कका अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बैंङ्कका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्य तथा बैंङ्कका संस्थापक शेयरधनी दिपशंकर श्रेष्ठले बैंङ्कको भावी योजनाका बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij