२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रणवीर कपुरको आमा र दिदीको दीपिकालाई यस्तो उपहार

रणवीर कपुरको आमा र दिदीको दीपिकालाई यस्तो उपहार

2.3K
Shares

कुनै समय बलिउडमा नायक रणवीर कपुर र नायिका दीपिका पादुकोणको प्रेम गहिरो थियो । तर, उनीहरुको प्रेम २ वर्ष पनि टिकेन । रणवीरसँग नायिका कट्रिना कैफ नजिकिएपछि दीपिका र रणवीरको प्रेममा ब्रेक लागेको थियो ।
अहिले दीपिका पादुकोणले नायक रणवीर सिंहसँग बिबाह गरिसकेकी छिन् भने रणवीर कपुर पनि नायिका आलिया भट्टको प्रेममा रमाइरहेका छन् । लामो समय एक–अर्कामा बोलचाल समेत बन्द गरेका रणवीर कपुर र दीपिकाको सम्बन्ध पनि अहिले सुध्रिएको छ । उनीहरुले हालै एक विज्ञापनमा सँगै काम गरेका छन् ।
यस्तैमा, दीपिकालाई रणवीरकी आमा नितु र रणवीरको दिदी रिधिमाले एक उपहार दिएका छन् । उनीहरुले दीपिकालाई एक ब्रास्लेट गिफ्ट गरेका हुन् । उक्त ब्रास्लेटको फोटो दीपिकाले सामाजिक संजलमा सेयर पनि गरेकी थिइन् । दीपिकाले उक्त उपहार ‘आशिर्वाद र शुभकामना’का रुपमा पाएको लेखेकी छिन् ।

योसँगै दीपिका र रणवीरको परिवारमा पनि एकदमै राम्रो सम्बन्ध रहेको बुझ्न सकिन्छ । दीपिकाले आफ्ना प्रेमीसँग ब्रेकअप हुनुको कारण उनलाई अर्कै यूवतीसँग देख्नु रहेको बताउँदै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij