काठमाडौं– सूचना प्रविधि सेवाप्रदायक कम्पनी सुविसु केवलनेट प्रालीलले सविसु कनक्लेभ २०१९ जेठ १ मा आयोजना गर्ने भएको छ।
कम्पनीले सूचना, सञ्चार तथा प्रविधिलाई प्रबद्र्धन गर्न विभिन्न नयाँ विषयमा बहस गर्न यो कार्यक्रम आयोजन ागर्न लागिएको जानकारी दिएको छ।
सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधि र अभ्यासलाई नेपालमा पनि स्थापित गराउन कार्यक्रम सफल हुने कम्पनीको विश्वास रहेको छ।
उक्त कार्यक्रममा ब्लकेचन प्रविधि र साइबर सेकुरिटी, क्वूओएस अफ इन्टरनेट, , आइओटी, जस्ता विषयमा छलफल हुने कम्पनीले जानकारी दिएको छ।
कार्यक्रममा नेपालका सूचना प्रविध अभियान्ता महावीर पुनले प्रस्तुती दिनेछन् भने विश्वविख्यात प्रविधि कम्पनीले पनि सहभागिता जनाउने छन्। टाटा, सिओएमएम, नोकिया, टाइको, भेरिटिभ जस्ता कम्पनीका प्रतिनिधि पनि उपस्थित हुने कम्पनीले जानकारी दिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij