काठमाडौं– नेपाल राष्ट्र बैंकले (बैशाख ३०) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ५६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ १६ पैसा रहेको छ ।
एक युरोको खरिददर १२५ रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ०२ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ९८ पैसा र बिक्रिदर १४५ रुपैयाँ ७६ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १५ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २० पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६४ पैसा र बिक्रिदर ३० रुपैयाँ ८० पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६७ रुपैयाँ २९ पैसा र बिक्रिदर ३६९ रुपैयाँ २६ पैसा रहेको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij