२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बजाजको ‘एक्सचेन्ज’सँगै ‘अपग्रेड’ अफर

बजाजको ‘एक्सचेन्ज’सँगै ‘अपग्रेड’ अफर

2.1K
Shares

काठमाडौँ –नेपालका लागि बजाज मोटरसाईकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज एक्सचेन्ज सँगै अपग्रेड’ अफर सार्वजनिक गरेको छ।

वैशाख २९ गतेबाट जेठ ३ गतेम्म लागू हुने यस अफरमा ग्राहकहरुले हंसराज हुलासचन्द एण्ड कम्पनी टेकुमा गएर आफ्नो कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटर बजाजको नयाँ मोटरसाईकलसँग एक्सचेन्ज गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

कम्पनीले कुनै पनि पुराना मोटरसाईकल तथा स्कुटरको एक्सचेन्जमा न्यूनतम ३० हजार सम्मको मूल्याकंन र प्रचलित बजार भ्यालुएसन भन्दा थप १५ हजार प्रदान गर्नेछ।

ग्राहकहरुले नयाँ बजाज मोटरसाईकलको खरिदमा निशुल्क हेल्मेट, बाईक कबर, व्याक्स, ल्यापटप ब्याग र लेग गार्ड जस्ता एक्सेसरिज पाउने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार ग्राहकले बजाजको नयाँ वर्ष २०७६ को स्कीम ‘बजाज उल्टो अफर’को लाभ लिन सक्नेछन्। जसमा बजाजको मोटरसाईकल किन्नु अगाडि नगद पुरस्कार र किने पछि पनि १ लाखसम्मको नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij