२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पाइलटले गरे अद्भूत ल्याण्डिङ, ८७ यात्रीको ज्यान जोगियो

पाइलटले गरे अद्भूत ल्याण्डिङ, ८७ यात्रीको ज्यान जोगियो

2.5K
Shares

म्यान्मारको मण्डाले अन्तरराष्ट्रिय विमानस्थलमा एउटा ठूलो दुर्घटना हुनबाट जोगियो । मानिसहरु त्यतिबेला निकै आत्तिए जब म्यान्मार नेशनल एयरलाइन्सको एक विमानले पछाडिको पाङ्ग्रामा मात्र आपत्कालीन अवतरण गर्नुपर्यो । विमानमा ८२ यात्री र सात क्रु मेम्बर्स थिए जो पूर्ण रुपमा सुरक्षित छन् । यो घटना आइतबार बिहान ९ बजेको हो ।

वास्तवमा एम्ब्रइर १९० को अगाडिको पाङ्ग्रा नखुलेपछि पाइलटले विमानलाई रनवेमा पछाडिको पाङ्ग्राको मद्दतले उतारे । अवतरण गर्नेबेला विमानको अगाडिको भाग रनवेमा घिस्रँदै अघि बढेको थियो ।
विमानस्थलका प्रवक्ता क्यो सेनका अनुसार क्याप्टेन म्याट मोइ ओंगले अवतरण अघि कन्ट्रोल टावरलाई विमानको अगाडिको पाङ्ग्रा खोल्न नसकेको जानकारी दिइसकेका थिए ।
विमान याङ्गोनबाट मंडले जाँदै थियो । विमानमा खराबी देखिएपछि उनले आपत्कालीन प्रक्रिया अपनाएको विमानस्थलले जानकारी दिएको छ
विमान अवतरण गरिरहेको भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ जसमा विमानले पछाडिको पाङ्ग्रामा मात्रै अवतरण भइरहेको देख्न सकिन्छ ।

‘पाइलटले निकै अद्भूत काम गरे,’ विन कान्ट, म्यान्मारका यातायातमन्त्रीले रोयटर्सलाई भने ।
म्यान्मारमा यो हप्ता विमानमा गडबडीको यो दोस्रो घटना हो । गत बुधबार यंगून एयरपोर्टमा आँधीका बेला बंगलादेश एयरलाइन्सको एक विमान अवतरणका बेला रनवेमा चिप्लिएको थियो जसमा कम्तीमा १७ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij