२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल राष्ट्र बैंकको प्रवक्तामा लक्ष्मी प्रपन्न निरौला नियुक्त

नेपाल राष्ट्र बैंकको प्रवक्तामा लक्ष्मी प्रपन्न निरौला नियुक्त

1.3K
Shares

काठमाडौं — नेपाल राष्ट्र बैंकको प्रवक्तामा लक्ष्मी प्रपन्न निरौला नियुक्त भएका छन् । राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभागमा कार्यरत कार्यकारी निर्देशक निरौलालाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।३० वर्षे नीतिका कारण यस अघिका प्रवक्ता नारायण पौडेल गत सातादेखि विदा बसेपछि राष्ट्र बैंकले नयाँ प्रवक्ता छनौट गरेको राष्ट्र बैंकले आफ्नो वेबसाइट मार्फत जनाएको छ ।निरौलासँग राष्ट्र बैंककै सुपरिवेक्षण विभाग, बैंक नियमन विभाग, विकास बैंक सुपरीवेक्षण विभाग र मुद्र विभागमा कार्यकारी निर्देशक भएर काम गरेको अनुभव छ । २०४६ साल माघमा राष्ट्र बैंक प्रवेश गरेका निरौला ५ वर्षदेखि कार्यकारी निर्देशकको रुपमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij