२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पाँच लाखसहित हुण्डी कारोबारी पक्राउ

पाँच लाखसहित हुण्डी कारोबारी पक्राउ

1.3K
Shares

काठमाडौं – प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको राजस्थान सिकरका ३२ वरषीय नरेश कुमार छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई शनिबार दिउँसो मख्खन गल्लीमा रहेको आराध्यदेव इन्टरप्राइजेजबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनको साथबाट ५ लाख ९ हजार रुपैयाँ बरामद भएको छ ।
‘विशेष सूचनाको आधारमा त्यहाँ पुगेको हाम्रो टोलीले शंकास्पद रुपमा रकम बरामद गरेको थियो’, उनले भने, ‘ल्याएर अनुसन्धान गर्दा बरामाद मोबाइल र ल्यापटपमा कारोबारको थप सूची पनि भेटिएको छ ।’ थापाका अनुसार उनले आफूलाई कपडा व्यवसायी बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij