बटवल– सेवाग्राहीसँग घुस लिँदै गर्दा आइतवार नापी कार्यालय पश्चिम नवलपरासीका एक कर्मचारी पक्राउ परेका छन । नापीका सर्वेक्षक पदका छत्र वहादुर ठकुल्ला अख्त्यिार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीद्वारा पक्राउ परेका हुन् ।
उनले वर्दघाट नगरपालिका–१६ का एक सेवाग्रहीको जग्गाको क्षेत्रफल सुधार गरिदिने भनि २० हजार रुपैयाँ मागेका थिए ।
सर्वेक्षकले घुस मागेपछि उनि अख्तियारमा गएका थिए । अख्तियारले कोड गरेर दिएको पैसा लिएर ती सेवाग्रहीले कर्मचारीलाई दिँदै र्दा टोलीले पक्राउ गरेको अख्तियार बुटवलका सूचना अधिकृत सुरेश भुसालले बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij