२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एमकेडब्लु बेल्ट एन्ड रोड च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरले जिते

एमकेडब्लु बेल्ट एन्ड रोड च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरले जिते

5.6K
Shares

काठमाडौँ — एमकेडब्लु बेल्ट एन्ड रोड च्याम्पियनसिपको उपाधि नेपाली रेस्लर कमल लामा (नुवाकोटे टाइगर) ले जितेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार सम्पन्न प्रतियोगिताको मुख्य प्रतिस्पर्धा बेल्ट एन्ड रोड च्याम्पियनसिपको बेल्ट जित्ने क्रममा उनले ३ विदेशी रेस्लरलाई ढालेका थिए ।
चिनियाँ कम्पनी मिडिल किन्डम रेस्लिङ (एमकेडब्लु) को फ्रेन्चाइज प्रतियोगितालाई नेपाल रिङ रेस्लिङ संघले आयोजना गरेको हो । एसिया, अफ्रिका र युरोपलाई सडक तथा रेलमार्गसँग जोड्ने चीनको महत्त्वाकांक्षी परियोजनाको प्रचारका लागि प्रतियोगिता गरिएको बताइएको छ ।
नेपालका नुवाकोटे टाइगर, चीनका ब्ल्याक माम्बा, न्युजिल्यान्डका टोमी कम्ब्याट र हङकङका एस सिल्भाबीचको सामूहिक प्रतिस्पर्धामा नुवाकोटेले उपाधि जितेका हुन् ।
नुवाकोटे टाइगर गत संस्करणमा सेमिफाइनलमा पराजित भएका थिए ।
प्रतियोगितामा नेपालका ८ सहित ८ देशका २० रेस्लरको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij