काठमाडौँ – सिभिल बैंक लिमिटेडको प्रस्तावित १४.३ प्रतिशत लाभांश पारित भएकाे छ । शुक्रबार सम्पन्न बैंककाे सातौं र आठौं वार्षिक साधारणसभाले सेयरधनीलाई १०.२५ प्रतिशत बोनस र ४.०५ प्रतिशत नगद गरी साे मात्राकाे लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेकाे हाे ।
आर्थिक वर्ष २०७३/०७४ को नाफाबाट बैंकको चुक्ता पूँजीको १०.२५ प्रतिशतका दरले हुन आउने ७४ करोड ४० लाख रूपैयाँ बराबरको बोनस वितरण गर्ने छ । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ रहेको छ । १०.२५ प्रतिशत बोनस सेयर पछि कम्पनीको चुक्ता पुँजी बढेर ८ अर्ब रुपैयाँ नाघ्ने छ । त्यस्तै, कम्पनीले कर प्रयोजनको लागि ०.५४ प्रतिशतका दरले हुन आउने ३ करोड ९१ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij