२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया बैंकको नयाँ शाखा स्याङजाको आँधिखोलामा

एनआईसी एशिया बैंकको नयाँ शाखा स्याङजाको आँधिखोलामा

985
Shares

काठमाडौं– एनआईसी एशिया बैंकले स्याङजा जिल्ला,आँधिखोला गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले ग्रामिण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमासमेत आफ्नो उपस्थितिलाई थपदरिलो बनाउने क्रमसँगै उक्त स्थानमा समेत आफ्नो शाखा कार्यलयको विस्तार गरेको हो ।

उक्त नयाँ शाखाको उद्घान स्याङजा जिल्ला आँधिखोला गाउँपालिका वडा नं ५,कृषि स्याङजा स्थित कृषि शाखाको आँधिखोला गाउँपालिकाका प्रमुख सुधिर कुमार पौड्यालले गरे ।

हालसम्म बैंकले मुलुकभर २ सय ८२ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदा नगर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij